Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित


लन्डन, ८ चैत । बेलायतको सबैभन्दा भन्दा ठुलो एअरपोर्ट नजिक आगलागी भएको छ।

ADVERTISEMENT

जसका कारण युनाइटेड किंगडमको हिथ्रो विमानस्थल शुक्रबार मध्यरातसम्म बन्द हुने भएको छ, जसले हजारौं यात्रुहरूको पुर्ववतयोजनामा जानवाट फस्न पुगेका छन् ।

ADVERTISEMENT

लन्डनको मुख्य एयरपोर्ट, जुन युरोपको सबैभन्दा व्यस्त गेटवे एअरपोर्ट मानिन्छ । सो बिमानस्थलका अनुसार बिमान स्थलमा बिधुत आपूर्ति गर्ने सबस्टेशनमा आगलागीका कारण समस्या देखा परेको छ ।

‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम गर्नका लागि हिथ्रो २१ मार्चको २४ घन्टा सम्म बन्द रहनेछ,’ हिथ्रो बिमानस्थलले एक्सको एक पोस्टमार्फत जानकारी दिएको छ।

ADVERTISEMENT

‘तत्कालका लागि यात्रुहरूलाई यस एयरपोर्टमा यात्रा नगर्न सल्लाह दिइन्छ र थप जानकारीको लागि तिनीहरूको एयरलाइनमा सम्पर्क गर्नुहोला, हामी असुविधाको लागि क्षमा चाहन्छौं।’

उडान ट्र्याकिङ वेबसाइट फाइट राइडर २४ले भन्यो कि, यो बन्दले कम्तीमा १३५१ उडानहरूलाई असर गरेको छ।’

‘हामी यात्रुहरूलाई एयरपोर्टमा यात्रा गर्नबाट रोक्न प्रयास गर्दैछौं, र त्यसपछि ढिलाइ, डाइभर्ट वा रद्द गरिएका उडानहरूमा एयरलाइन साझेदारहरूसँग काम गर्छौं,’ हिथ्रोका प्रवक्ताले पत्रकारहरूसँग भने, ‘यात्रुहरूले पुनः बुकिङमा कायम गर्न एयरलाइन साझेदारहरूसँग सम्पर्क गर्न सक्छन्।’


प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र ८, १४ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट