मनहरीको डम्पिङसाईट सालनाल सहितको नवजात शिशुको शव फेला
मकवानपुरको मनहरी गाउँपालिकाको डम्पिङसाईटमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
हिजो मंगलबार साझ मनहरी ७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी) मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शिशु एक दुई दिन अघि मात्र जन्मिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उक्त शव कस्ले फालेको हो भन्ने नखुलेको र यसबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : बुधबार, २०८१ फाल्गुन २१, ११ :१७ बजे






















प्रतिक्रिया