Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

हेटौंडाको डम्पिङ साइटमा फोहोर नफाल्न उपमहानगरपालिकालाई उच्च अदालतको आदेश


उच्च अदालत पाटन-हेटौंडाले हेटौंडा उपमहानगरपालिका-१० स्थित राप्ती खोला किनारको डम्पिङ साइटमा ‘फोहोर नाफाल्नु’ भनि आदेश गरेको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाको कार्यालयलाई विपक्षी बनाई निवेदक योगेन्द्र प्रसाद उपाध्यायले दिनु भएको रिट निवेदन उपर मंगलबार न्यायधिस डा. निर्मला पौडेल भट्टराइको एकल इजलाशले हेटौंडा उपमहानगरपालिकाको नाममा हाल डम्पिङ साइट बनाइएको स्थानमा फोहोर नफाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

ADVERTISEMENT

आदेश संगै अदालतले यही माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आदेशमा भनिएको छ,’निवदकले वातावरण प्रदुषण जस्तो संवेदनशिल विषयमा अन्तरिम आदेश समेतको मााग गरेकाले विपक्षीबाट हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्ती तटमा फोहोर नफाल्नु, फोहोर फाल्न नलगाउनु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ। अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सम्बन्धमा दुबै पक्षको उपस्थितिमा छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा सो प्रयोजनार्थ मिति २०६१।१०।२९ गतेका दिन दोहोरो छलफलका लागि पेशी तोकी, प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार गर्नू’ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाले गोरक्षश्वर मन्दिरको दक्षिणतर्फ राप्ती खोला किनारमा अव्यवस्थित तरिकाले फोहोर फाल्ने गरेको छ । फोहोरको थुप्रो बढेपछी फोहोर उठाउने ठेक्का पाएको ठेकेदारले नै प्लास्टिक जन्य फोहोरमै आगो लगाइदिने र उपमहानगरपालिका आफैले पुर्ने गरेको छ ।

फोहर व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीले नै फोहरको थुप्रोमा पटकपटक आगो लगाउने गरेको स्थानीयको आरोप छ । डम्पिङ साईटमा लागेको आगोबाट निस्केको विषाक्त धुँवाले वातावरण नै प्रदुषित बनाएको छ । जथाभावी फालिएको प्लास्टिक जन्य फोहरको थुप्रोमै आगोलागी हुँदा धुँवाको मुस्लोले उपमहानगरपालिका–१, १०, ११ र १२ का केही बस्ती प्रभावित हुने गरेका छन् ।

धुँवाको कारण स्कूले बालबालिका, बिरामी वृद्धवृद्धालाई सबैभन्दा बढी असर परेको छ । यसबारे उपमहानगरपालिकालाई बारम्बार जानकारी गराएपनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

यस अघि हेटौंडा उपमहानगरपालिका-११ का वडा सदस्य विकास नेपालले हेटौंडा उपमहानगरपालिका भरको फोहोर संकलन गर्ने ठेकेदारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका थिए ।

 

 


प्रकाशित मिति : बुधबार, २०८१ माघ २३, १३ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट