Techie IT
  • १ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • १ चैत्र २०८२, आईतबार

बेगनासतालमा डुबेर एक पुरुषको मृत्यु


पोखराको बेगनासतालमा डुबेर एक पुरुषको मृत्यु भएको छ भने सँगै कायाक लिएर गएकी महिलाको उद्दार गरिएको छ। मृत्यु हुनेमा पोखरा १३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ रहेका छन्। डुंगा चालक र प्रहरीले उनको शव निकालेको हो।

ADVERTISEMENT

परिवारसहित पोखरा ३१ मा पर्ने बेगनासतालको माझीकुना पुगेकामध्ये लालबहादुर र अर्की एक महिला कायक डुंगा लिएर तालमा पुगेका थिए।

ADVERTISEMENT

कायक एकजना बसेर खियाउन मिल्ने डुंगा हो। कायक चलाउन गाह्रो हुन्छ। पौडन जानेको बताउने लालबहादुर कायक पल्टँदा तालमा डुबेका थिए।

स्थानीय पत्रकार सन्दीप पौडेलका अनुसार महिलाको भने स्थानीयले सकुशल उद्धार गरेका हुन्।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ अशोज २८, २१ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट