Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

सोमालियाली डाँकाकाे अपहरणमा पर्‍याे बंगलादेशी कार्गो जहाज, ३२ बन्धक


काठमाडौं, १ चैत । हिन्द महासागरमा एक बंगलादेशी कार्गो जहाज समुद्री डाकूहरूले अपहरण गरेका छन । सोमालियाका डाकुहरूले अपहरण गरेका जहाजमा रहेका करिब २३ जनालाई बन्धक बनाइएको छ ।

ADVERTISEMENT

सो जहाजका मालिकका अनुसार ‘एमभी अब्दुल्लाह’ नामको सो कार्गो जहाजले ५५ हजार टन कोइला बोकेर सोमालियाको दिशातर्फ गएको थियो । गत मंगलबार हिडेको सो कार्गो जहाज अचानक सोमालिया नजिक पुगे पछि समुद्री डाकुहरूले आक्रमण गरेका हुन ।

ADVERTISEMENT

‘१५–२० सोमाली समुद्री डाकुहरूको समूहले जहाज अपहरण गरेका छन,’ सो जहाजका मालिक कबीर स्टिल रि–रोलिङ मिल्सका प्रमुख कार्यकारी अधिकृत मेहरुल करीमले भने।

उनका अनुसार बल्क कमोडिटी क्यारियर मोजाम्बिकबाट संयुक्त अरब इमिरेट्सको लागि यात्रा गरिरहेको थियो र सोमालियाको राजधानी मोगादिसुबाट करिब ८ सय समुद्री माइल पूर्वमा हिन्द महासागरमा आक्रमण भएको समुद्री सुरक्षा फर्म एम्ब्रेले जनाएको छ ।

ADVERTISEMENT

कबीर स्टिल रि-रोलिङ मिल्सले बन्धक बनाइएका चालक दलका एक सदस्यको अडियो सन्देश जारी गरेको छ। बन्दुकधारीहरू दुईवटा स्पीड बोटमा आएर जहाजमा चढ्ने क्रममा गोली चलाएको उनले बताए।


प्रकाशित मिति : बिहिबार, २०८० चैत्र १, १२ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट