Techie IT
Hetauda Khabar

बागमती गोल्डकप फाइनल आज : उपाधी जित्ने दाउमा मछिन्द्र र एपीएफ


हेटौंडा, १० फागुन । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार (आज) हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् ।

बुधबार भएको प्रि म्यान कन्फेन्समा बोल्दै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधी जित्नका लागि राम्रो तयारी गरेको बताए । खेलाडीहरु शारिरिक रुप ठिक भएकाले राम्रो अट्याकिङ गरेर निर्धारित ९० मिनेटभित्र गोल गर्ने गरी उपाधी जित्ने तयारी गरेको उनको दाबी छ ।

यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफु उपाधी जित्नेमा विश्वस्त र आशावादी भएको बताए । सबै टिम जित्नका लागि नै प्रतियोगिता खेल्ने बताउदै उनले आफुहरु पनि जित्नका आएको बताए । केही हप्ताअघि मात्र सम्पन्न मकवानपुर गोल्डकप जितेकोले यो कप पनि जित्नेमा पनि आफु विश्वस्त रहेको उनको भनाई छ ।

यस्तै मछिन्द्रका कप्तान उत्वसव राईले यो पटक राम्रो अट्याकिङ गरी खेलेर उपाधी जित्ने लक्ष्य रहेको बताए । यो पटक विभिन्न तीन वटा मोफसल गोल्डकपमा हार ब्यर्होदा दुख रहेको बताउनुहुँदै यो पटक भने उपाधी जित्ने गरी खेल्ने बताए ।

यस्तै एपीएफका कप्तान मान बहादुर मगरले गोल्डकप जित्ने गरी खेल्ने बताए । मकवानपुर गोल्डकप जितेर आत्मबल बढेकाले बागमती गोल्डकप जित्ने उनले दाबी गरे । दुवै टोली पहिलो पटक बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले २५(२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट