Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

वीरगञ्जमा जारी कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्म खुकुलो


फागुन, ८ वीरगञ्ज । वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ।

ADVERTISEMENT

सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए।

ADVERTISEMENT

गत फाल्गुन ३ गते  रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर फागुन ७ गते वीरगञ्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई लिएर सोमबार बेलुका ५ बजे देखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू आदेश जारी गरिएको थियो।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन ८, १० :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट