Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

रौतहटमा दुई समुदाय बीच झडप हुँदा लगाइएको कर्फ्युको दायरा बढाईयो


रौतहट ६ फागुन। रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा स्थानिय प्रशासनले कर्फ्यू दायरा बढाएको छ।

ADVERTISEMENT

ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

ADVERTISEMENT

सरस्वतिको मुर्ति सेलाउन लैजाने समुहमाथि  शनिबार  घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाईते भएका थिए।

झडपमा मुस्लिम तर्फ पनि घाईते भएको तर घाईतेको संख्या यकीन हुन नसकेको प्रहरीले बताएको थियो। घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए।

ADVERTISEMENT

स्थिति नियन्तरणमा लिन सिडियो हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सनिवार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए।कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यू जारी संगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ। अवस्था सामान्य पनि भएको थियो।

यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्चश्रृंखल युवाहरुको समुहले ईशनाथ नगरपालिका  औरैया गाउँमा रहेको मस्दिज को माथि गुम्बद बाट माईक (हरन ) खोलेको छ। यसरी मस्जिदको माथी रहेको माईक खोल्दा पुनः अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भईरहेको बताएकी छन्।

कर्फ्यू अवधिमै थपसमाप्रदायिक बिवाद बढ्ने सम्भावना लाई नजर गर्दै सिडियो रेग्मीले आईतवार एक सूचना जारिगर्दै कर्फ्युको दायरा फराकिलो बनाएको छ।

बनजरहा नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगर सम्म चारकिल्ला भित्र कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। साथै यस सम्प्रदायिक बिवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्वीर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।

पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटना संग जोडिएको बिभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासी लाई आग्रह गरेको छ।


प्रकाशित मिति : आइतवार, २०८० फाल्गुन ६, १६ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट