Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

विमानस्थल घटनाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्छाैँ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, २८ माघ ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

ADVERTISEMENT

आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् ।

ADVERTISEMENT

विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा  लज्जास्पद भएको बताउँदै उनले दोषीलाई कारबाही गरिने दोहोर्‍याएका हुन् ।

घटना भएलगत्तै अपराध अनुसन्धानले छानबिन गरेको पछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको जानकारी दिँदै बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’

ADVERTISEMENT

घटना भएलगत्तै छानबिन गर्न समिति गठन गरिएको उनको भनाइ छ ।


प्रकाशित मिति : आइतवार, २०८० माघ २८, १५ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट