Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको बकैया गाउँपालिकाले दियो ३ दिन सार्बजनिक बिदा


हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले माघ शुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने भएको छ ।

ADVERTISEMENT

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने ल्होछारको अवसरमा यही माघ २७, २८ र २९ गते तीन दिन सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकको माघ २१ गते भएको निर्णय अनुसार विदा दिइएको सूचनामा उल्लेख छ ।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले शुक्रबार एक सूचना जारी गर्दै तामाङ समुदायले नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मनुश्री सम्वत २८६० डुकरमु ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा स्थानीय बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

तामाङ समुदायहरुको बाहुल्यता रहेको यस गाउँपालिकामा सार्वजानिक विदा दिने निर्णय भएको छ । ‘उक्त अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सार्वजानिक कार्यालय, शिक्षण संस्थाहरु बन्द रहने व्यहोरा जानकारी गराईन्छ ।’ सूचनामा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० माघ २६, १४ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट