Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का


काठमाडौं, । नेकपा एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का भएको छ । एमाले जिल्ला कमिटी धादिङको नवौँ अधिवेशनमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गरेर एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि भएको धक्कामुक्काबाट सन्तोष खनालको हात भाँचिएको छ ।

ADVERTISEMENT

आइतबार एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘ जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो ।

ADVERTISEMENT

जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भयो । सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा पन्यो। यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ।’

विज्ञप्तिको पूर्णपाठ :

ADVERTISEMENT

मिति २०८०/१०/२१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धादिङको नवीं जिल्ला अधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व २०८० माघ १९ गते साँझ करिव ७ः०० बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा, बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेजहरु, कतिपय नीतिगत निर्णयहरु बन्दसत्र संचालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरुमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरुका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो । जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भयो । सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा पन्यो। यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गिकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइयो । बन्दसत्रमा प्रवेस गर्नु अगाडी प्रतिनिधि निक्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको अवस्था देखियो । त्यति हुँदाहुँदै पनि पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् असान्त, असहज परिस्थिति देखा पन्यो । तसचं यो अधिवेशनलाई मर्यादेत र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ ।

कैलाश प्रसाद ढुंगेल

अध्यक्ष, नेकपा (एमाले) बागमती प्रदेश
 


प्रकाशित मिति : आइतवार, २०८० माघ २१, ११ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट