Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको शहिद स्मारक विकास समितिले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाईने


हेटौडा- हेटौडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक बिकास समितिले यो वर्षको सहिद दिवस–२०८० सप्ताहव्यापी रूपमा मनाउने भएको छ । सहिद स्मारक बिकास समितिले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रमको आयोजना गरेर साताव्यापी रुपमा दिवस मनाउने जानकारी दिएको हो ।

ADVERTISEMENT

स्मारक विकास समितिले सहिद सप्ताह २०८० को अवसरमा विभिन्न सरकारी निकायहरुसंगको सहकार्यमा माघ १० गते देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गर्ने समितिका सदस्य प्रताप बिष्टले जानकारी दिए । उनले दिवशका अवसरमा पहिलो दिन माघ १० गते सहिद स्मारकमा बुद्धको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

ADVERTISEMENT

यस्तै माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने उनले जानकारी दिए ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० माघ ६, १७ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट