Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

रवि लामिछाने र जीबी राईविरुद्ध सहकारीमार्फत् ठगी गरेको भन्दै उजुरी दर्ता


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

ADVERTISEMENT

रवि गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी हुन् । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

ADVERTISEMENT

निवेदनमा भनिएको छ— सहकारी ऐनभन्दा बाहिर गइ कारोबार गरी सहकारीसम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु ।”

निवेदकमा सहकारीबाट कर्जा लिँदा(दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाइ आवश्यक अनुसन्धान गर्नसमेत भनिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० माघ ३, १५ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट