Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बागमती प्रदेशमा फेरिए प्रहरी प्रमुख, राणा जाँदा आए केसी


हेटौंडा । बागमती प्रदेश प्रहरी कार्याललयका प्रमुख फेरिएका छन् । मंगलबार प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीले पदभार ग्रहण गरेका छन् ।

ADVERTISEMENT

पदभार ग्रहण गर्दै डीआईजी केसीले आफ्ना मातहतका प्रहरी अधिकृतहरुलाई विभागीय निर्देशन दिएका छन् ।

ADVERTISEMENT

उनले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा, नेपाल प्रहरी सुरक्षा गण रातोमाटे, बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म हेटौंडाका कार्यालय प्रमुखसहित उपस्थित सिनियर प्रहरी अधिकृत, जुनियर तथा मातहत प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय निर्देशन दिए ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सरुवा भएसँगै केसी बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा आएका हुन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० माघ ३, १३ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट