Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

हाम्रा पर्वले राष्ट्रिय एकताको शुत्रमा बाँध्न सघाउ पुर्याउछ :बागमती प्रदेश प्रमुख शर्मा


हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालीहरुले मनाउने चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी हामीहरुलाई राष्ट्रिय एकताको शुत्रमा बाँध्न सघाउ पुऱ्याउने विश्वास व्यक्त गरेका छन्  ।

ADVERTISEMENT

आज मनाइदै गरिएको माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुदै प्रमुख शर्माले यस्तो विश्वास लिनुभएको हो । शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्  ।

ADVERTISEMENT

शर्माले हाम्रो देश नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै शुभकामना सन्देशमा यी विविधताहरुप्रति हामीले गौरव गर्नुपर्दछ भनेका छन्  । “माघी थारु समुदायले हर्षोल्लासपूर्ण वातावरणमा मनाउने पर्व हो ।” प्रमुखले भने, “आजैका दिन अन्य समुदायहरुबीच पनि मकर संक्रान्तिका रुपमा यो पर्व मनाइन्छ ।”

प्रमुख शर्माले हाम्रा मौलिक सांस्कृतिक परम्पराहरुको संरक्षण तथा सम्बर्धन गर्दै अघि बढौं भनेका छन्  ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० माघ १, १० :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट