Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

सर्लाही जिल्ला अदालतमा सुरु भयो बम्जनको बयान


हेटौंडा । तपस्वी राम बहादुर बम्जन बिरुद्ध जिल्ला अदालत सर्लाहीमा बयान सुरु भएको छ । उनलाई बुधवार राति सर्लाही ल्याइएको थियो । । बिहीवार बिहान उनको सरकारी वकील समक्ष बयान गराइएको छ। उनलाई जिल्ला न्यायाधीश विष्णु प्रसाद रेग्मीको एकल इजलासमा पेश गरिएको हो।

ADVERTISEMENT

आज थुनछेक बहस हुनेछ। बहसपछि उनलाई कारागार पठाउने वा तारेखमा राख्ने निर्णय हुनेछ।

ADVERTISEMENT

बम्जनलाई मंगलबार साँझ काठमाडौँको बुद्धनिलकण्ठ नगरपालिका(६ बाट प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि जिल्ला अदालत सर्लाहीमा यौन शोषण र बालबालिकामाथिको यौन दुर्व्यवहारको मुद्दा दर्ता छ।

यसै मुद्दामा अदालतले गत असार २१ मा बम्जनको पक्राउ पुर्जी जारी गरेको थियो। आफ्नै अनुयायीमाथि यौन शोषण गरेको आरोपमा गत माघ २३ मा पीडितहरूले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिएका थिए।

ADVERTISEMENT

प्रहरीले अनुसन्धानपछि गत असार १८ मा मिसिल जिल्ला अदालतमा दर्ता गरेको थियो। बम्जनले सर्लाहीको लालबन्दी नगरपालिका(१२ स्थित आश्रममा रहँदा नाबालिक अनुयायीमाथि यौन शोषण गरेको आरोप छ।

पक्राउ परेका बम्जनलाई बिहीवार अदालत पुर्याउँदा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको प्रहरीले जनाएको छ।

अघिल्ला पटक अदालतको अनुमति लिएर पनि फरार रहेका बम्जनलाई प्रहरीले समात्न सकेको थिएन। उनले बालबालिकालाई यौन शोषण गरेको अभियोगमा १२ देखि १४ वर्षसम्म कैद सजायको माग गरिएको छ।


प्रकाशित मिति : बिहिबार, २०८० पुस २६, १३ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट