Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी


लामो समयदेखि नेपाल प्रहरीको खोजीमा रहेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

काठमाडौं बुढानीलकण्ठ ७ मा श्रीमतीसहित परिवारलाई भेट्न आएका बेला बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले मंगलबार राति पक्राउ गरेको थियो ।

ADVERTISEMENT

‘राम बहादुर बम्जनको खोजी भइरहेको थियो, यसै सन्दर्भमा विभिन्न जिल्लामा मानिसहरू हराएको सूचना प्रहरीमा आएको थियो, हिजो रामबहादुरलाई निजको निवासबाट पक्राउ गर्दा ठूलो मात्रा नेपाली नगद बरामद गरेको थियो,’ सीआईबी अधिकारीले भने ।

‘बरामदमा नेपलाी रुपैयाँमा तीन करोड तीन लाखसहित विभिन्न देशको रकम ३० लाख रहेको थियो, निजको साथमा दुई वटा गाडीहरू र चार वटा मोटरसाइकलहरू बरामद भएको छ, उनको आश्रमबाट विभिन्न मानिसहरू हराएको भन्दै सूचना आएको थियो, थप अनुसन्धान भइरहेको छ,’ सीआईबीले भन्यो ।

ADVERTISEMENT

यस्तै, सीआईबीले बम्जनले प्रयोग गर्नेमध्ये एउटा गाडीको मूल्य पाँच करोड रुपैयाँ पर्ने जनाएको छ । उनका श्रीमती र छोराछोरी बुढानीलकण्ठमा बस्दै आएका थिए ।

उनीमाथि मानव बेचविखन र व्यक्ति बेपत्ताको आरोप लागेपछि सीआईबीले लामो समयदेखि खोजी गरिरहेको थियो ।


प्रकाशित मिति : बुधबार, २०८० पुस २५, १५ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट