Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

कोशीमा सभामुखका लागि आज निर्वाचन हुँदै, राप्रपाका विष्ट सभामुख बन्ने पक्का जस्तै


हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्।

ADVERTISEMENT

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एस र जसपासहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुख बन्ने भएका हुन्।

ADVERTISEMENT

मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।

मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो।

ADVERTISEMENT

विष्ट झापाका समानुपातिक सांसद हुन्। यसअघि बागमतीमा पनि राप्रपाबाटै गएका भुवनकुमार पाठक सभामुख छन्।


प्रकाशित मिति : मङ्लबार, २०८० पुस २४, ११ :३९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट