Techie IT
  • २२ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • २२ फागुन २०८२, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
ब्रेकिङ
🔑

Admin Login

कस्तो रहला आजको मौसम ?


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानाुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

ADVERTISEMENT

आइतबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार आज दिउँसो बाँकी प्रदेशमा भने मौसम सामान्यताया सफा रहने छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ।

सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका विभन्न भूभागमा मौसम बदली भएपनि वर्षाको सम्भावना भने कतै नदेखिएको महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

देशभर तापक्रम घट्दो

देशभर तापक्रम घट्दो क्रममा छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ। शनिबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको थियो। तर पछि बिहान ८:४५ बजे अझ घटेर ४.५ डिग्री सेल्सियस कायम भएको थियो।

आज पहिलो मापनमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हुँदा अहिले बिहान पुनः ८:४५ बजे मापन गर्दा थप घट्ने अनुमान गर्न सकिन्छ। यस्तै काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि घट्दो क्रममा छ। मौसमविद् पुडासैनीका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने अनुमान छ। शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।त्यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस शून्य दशमलव २ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ ।


प्रकाशित मिति : आइतवार, २०८० पुस २२, ११ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट