Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा आज किन भेला भए सातै प्रदेशका मुख्यमन्त्री ?


हेटौंडा- हेटौंडामा आज संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुँदै छ। गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि पुनः हेटौंडामा बैठक हुन लागेको हो।

ADVERTISEMENT

सातै प्रदेशका मुख्यमन्त्री भेला हुने बैठकमा संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल हुनेछ। सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतीकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

ADVERTISEMENT

मुख्यमन्त्रीहरुको भेलामा आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघीय सरकारका कारण प्रदेश सरकार स्वायत्त भएर काम गर्न नसकेको बताए । संघले प्रदेशलाई अधिकार बाढ्न नचाहेको भन्दै हेटौंडामा आज हुने भेलाले संघ सरकारलाई झकझकाउने बताए ।

निजामती कानुनसमेत पास गर्न नसकेको उदाहरण दिँदै मुख्यमन्त्री कार्कीले संसद सुतिरहेकाले पनि अधिकार प्रत्यायोजनमा समस्या भएको बताए ।

ADVERTISEMENT

उनले अधिकार नदिँदा संघीयतामा पनि एकात्मक राज्य प्रणालीकै शैली देखिएको बताए । भेलामा प्रदेशकाका संविधानमा भएका एकल र साझा अधिकारका विषयमा गहन छलफल हुने जनाए । संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहका अधिकार कार्यान्वयन हुनुपर्ने कार्कीले बताए ।

बैठकमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानून निर्माण प्रक्रिया, वित्तरआर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गरी छलफल हुनेछ।

कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघका पदाधिकारीहरूको पनि सहभागिता रहने छ। मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रबारै साझा प्रतिवेदन समेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ।


प्रकाशित मिति : शुक्रबार, २०८० पुस १३, १० :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट