‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला

हेटौंडा खबर
१५ पुष २०७७, बुधबार १८:४६

‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला गरिएको छ । पल ईन्टरटेन्डमेन्ट प्रा.लिले हेटौंडामा ‘मिस टिन हेटौंडा’ सिजन २- २०२१ आयोजना गर्न लागेको हो । आज हेटौंडामा प्रेस मिट गर्दै  पल ईन्टरटेन्डमेन्ट प्रा.लिका अध्यक्ष धुव्र गौतमले यहि फेब्रवरीमा हुने मिस टिन हेटौंडाका लागी आवेदन खुल्ला गरिएको जानकारी दिए ।

मिस टिनका लागि अबको एक महिना सम्म फर्म भर्न सकिने छ । गौतमका अनुसार १४ वर्ष देखि २२ वर्ष उमेर समुहका युवतीहरु सहभागी हुन पाउनेछन् । सहभागि हुन चाहानेले रजिष्ट्रेशन शुल्क ११ हजार तिर्नु पर्ने आयोजकले जनाएको छ ।

मिस टिनको विजेताले १ लाख ५० हजार रुपँया प्राप्त गर्ने पल ईन्टरटेन्डमेन्ट प्रा.लिले जनाएको छ । फस्ट रनर अपले एक लाख, सेकेन्ड रनर अपले ५० हजार र भ्युअर च्वाइस अन्तर्गत एकजनाले २५ हजार रुपैया प्राप्त गर्ने बताइएको छ ।

मिस टिनका लागि हेटौंडाको हुप्राचौरको ट्रटल रेष्ट्रो, स्कुलरोडको डिसिने फिल्मस् , पारिजातपथको स्टार डिजिटल आर्ट र खोपेगल्लीको आर्शिवाद होटलमा फर्म उपलब्ध हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*