Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको बकैयामा फेला पर्यो पुरुषको शव,पहिचान खुल्न सकेन


हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-२, सरस्वती सामुदायिक वनको बतासेडाँडा क्षेत्रमा एक व्यक्ति मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ADVERTISEMENT

शनिवार स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा लगभग ६०/६५ वर्षीय एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका हुन्। जङ्गलको भिरबाट ३०० मिटर तल रहेको शव सढेगलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक व्यक्तिको परिचय खुल्न सकेको छैन।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० पुस ८, ०७ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट