Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन सुरु


नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु भएको छ । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँका अनुसार सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी छन् ।

ADVERTISEMENT

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पाटी प्यालेसमा सम्मेलन भइरहेको छ । सभापति बानियाँका अनुसार सम्मेलनको उद्घाटन केन्द्रीय सभापति शेरबहादुर देउवाले गरेका छन् । सम्मेलनमा पार्टी सभापति देउवालगायत केन्द्रीय पदाधिकारी तथा पार्टीका शीर्ष नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ADVERTISEMENT

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सासंद, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा क्षेत्रीय सभापति, नगरपालिकारगाउँपालिकामा निर्वाचित प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष तथा बागमती प्रदेशका १ सय १९ पालिका सभापतिहरु सहभागी हुने कांग्रेस बागमती प्रदेश प्रवक्ता एवं प्रचारप्रसार समिति संयोजक तिलक रुवालीले जानकारी दिए ।

सम्मेलनमा नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले राजनीतिक प्रतिवेदन, महामन्त्री कन्चनचन्द्र वादेले सांगठानिक, महामन्त्री राजु श्रेष्ठले वार्षिक कार्यतालिका तथा कोषाध्यक्ष दीर्घमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता रुवालीले जानकारी दिए ।

ADVERTISEMENT

पार्टीलाई विधान बमोजिम सञ्चालन, जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न र पार्टीभित्रको आन्तरिक निर्वाचन प्रणाली तथा राज्यको निर्वाचन प्रणालीलाई चुस्त, दुरुस्त थप समावेसी बनाउन सम्मेलनमा छलफल हुने बताउँदै यसले पार्टीलाई गतिशील र चलायमान बनाउन बल पुग्ने सभापति बानियाँले बताए ।


प्रकाशित मिति : शनिबार, २०८० पुस ७, १२ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट