Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

मकवानपुरको बकैयामा भरुवा बन्दुकसहित एक जना पक्राउ


हेटौंडा, २७ मंसिर । मकवानपुरमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बकैया गाउँपालिका वडा नम्बर ११ सिमलट्वाकका ३७ वर्षिय सोम बहादुर नेसुरको घरमा सो अवैध बन्दुक फेला परेको हो ।

ADVERTISEMENT

अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको खान तलासी गर्दा भरुवा बन्दुक २ थान र सोहिमा बन्दुकमा लाग्ने बारुद छर्रा फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

ADVERTISEMENT

बन्दुक सहित नेसुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० मंसिर २७, १७ :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट