Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

आजको मौसम : तराईका जिल्लाहरूमा हुस्सु, यी प्रदेशमा हिमपातको सम्भावना


आज बिहानैदेखि तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लागि रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको बताएको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

ADVERTISEMENT

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले देशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रकाशित मिति : बुधबार, २०८० मंसिर २७, ११ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट