Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्ने


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

ADVERTISEMENT

गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो ।

ADVERTISEMENT

गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै ९ वटै वडा मार्फत सीप सम्बन्धी तालिममा इच्छुकहरुको निवदेन संकलन गरेर छनोट गरी तालिममा सहभागी गराइने छ ।

आधारभूत मोबाइल रिपेयरिङ तालिममा सीप सिकेका युवाहरुलाई उद्यम व्यवसाय सञ्चालन र आवश्यकता अनुसार प्रविधिको सहयोग समेत दिने तयारी भइरहेको तालिमकी सम्पर्क व्यक्ति अमृत गौतमले बताए ।

ADVERTISEMENT

यस्तै जेन्स हेयर कटिङको तालिम पश्चात पनि व्यवसाय सुरु गर्न सहयोग गरिने गाउँपालिकाबाट जारी सूचनामा भनिएको छ । गार्मेन्ट तालिममा भने आधारभुत सिलाई कटाईको सीप सिकेको हुनुपर्ने व्यवस्था रहेको छ ।

सूचना अनुसार तालिम लिने युवा १८ वर्षदेखि माथि र ४५ वर्ष नकटेको हुनुपर्नेछ । गाउँपालिकाले निवदेनको आधारमा तालिमका लागि व्यक्ति छनोट गर्ने जनाएको छ ।


प्रकाशित मिति : बुधबार, २०८० मंसिर २०, १२ :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट