Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्ष विहीन


हेटौंडा । बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अनुरोधमा सभामुख भुवनकुमार पाठकले आह्वान गरेको बैठक निष्कर्ष विहीन टुङ्गिएको हो ।

ADVERTISEMENT

दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही समय ढिलो गरि सुरु भएको हो । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको भएपनि सरकार गैरजिम्मेवार पुर्वक प्रस्तुत भएको भन्दै कुनैपनि विषय नटुङ्गिएको एमालेको बागमती प्रदेशका संसदीय दलको नेता जगन्नाथ थपलियाले बताए । सभामुखले अगाडी सार्नु भएको सरकार र प्रतिपक्ष विच भएको बजेट सम्बन्धी कुरामा हामी पोजेटिभ छौ । तर सरकार गैरजिम्मेवार ढङ्गले प्रस्तुत भयो। उनले बताए ।

ADVERTISEMENT

त्यस्तै नेकपा एसका संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले प्रतिपक्षसंग छलफल भएपनि सहमतीको कुरा अघि बढ्न नसकेको बताए ।आफ्नै आग्रहमा आह्वान गरिएको बैठक जारी रहदै मुख्यमन्त्री जम्कट्टेल बैठक छोडेर निस्कीएका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० मंसिर १७, १७ :०९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट