Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको खाद्य संस्थानमा एक पुरुष मृत फेला


हेटौंडा । हेटौंडामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका हुन् । अन्दाजी ५४ बर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन ।

ADVERTISEMENT

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाका अनुसार बजार एरियामा प्लाष्टिक बटुल्दै हिड्ने उनी शनिबार बिहान मृत भेटिएका हुन् ।

घटनास्थलबाट शव हैटौंडा अस्पातलमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

 

 


प्रकाशित मिति : आइतवार, २०८० मंसिर १७, १० :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट