Techie IT
Hetauda Khabar

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु, चालक भाग्न खोज्दा ट्राफिक प्रहरी घाइते


सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए ।

नोचास्थित छठघाटमा छठ पूजा गरेर घर फर्कंदै गरेकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो । महिलालाई ठक्कर दिई चालक भाग्न खोजेका थिए । त्यसक्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका निम्ति लालगढ अस्पतालमा लगिएको छ । सडकछेउमा रोकिराखेको वाग्मती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकलमा समेत गाडीले ठक्कर दिएर क्षति पुर्‍याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । रासस


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट