Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

घरमा सूर्य यन्त्र राख्दा कस्तो फल मिल्छ ?


हामीले कतिपय घरहरूमा सूर्य यन्त्र मूल ढोकामाथि राखेको देख्ने गरेका छौँ । किन राखिन्छ त यस्तो यन्त्र घरमा आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ ।

ADVERTISEMENT

पूर्वमुखी घरमा मुख्य ढोकाबाहिर सूर्यको चित्र राख्दा घरमा सकारात्मक ऊर्जा आउँछ र नकारात्मक ऊर्जाको प्रवाह कम भई जागिर, व्यापार, व्यवसायको हिसाबले शुभ रहने मान्यता छ ।हिन्दु धर्ममा यन्त्रलाई धेरै महत्त्व दिइएको छ । पौराणिक ग्रन्थ अनुसार घरमा वा यन्त्रको स्थापना गर्नाले जीवनमा आउने समस्याबाट मुक्ति मिल्छ र आफूलाई भगवानसँग प्रमाणित गर्न सकिन्छ ।

ADVERTISEMENT

सूर्य यन्त्रले मानिसको जीवनमा आउने रोग, दुःख, गरिबी, दुर्घटना जस्ता विभिन्न समस्याबाट रक्षा गर्दछ । यो यन्त्रले जीवनमा सुर ल्याउँछ र मनको शान्ति कायम राख्छ ।
धर्मशास्त्र अनुसार घरको उत्तर दिशामा सूर्य यन्त्र स्थापना गर्नाले व्यक्तिलाई हरेक क्षेत्रमा सफलता मिल्छ ।त्यसैगरी घरमा सूर्य यन्त्र स्थापना गरी दिनहुँ पूजा गर्नाले शुभ फल तथा सूर्यको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ । यसलाई आइतबारका दिन स्थापना गर्नु उत्तम हुन्छ । सूर्य यन्त्र मन्त्र– ॐ घ्रिइय सूर्य आदित्य ॐ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक १७, १६ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट