Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बागमती प्रदेशमा विपदमा परेर तीन महिना मै ४१ जनाको मृत्यु


हेटौंडा । बागमती प्रदेशको उपत्यका बाहेकका दश जिल्लामा मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र भु–स्खलनमा परेर तीन महिनाको अवधिमा ४१ जनाले ज्यान गुमाएका छन् ।

ADVERTISEMENT

काठमाडौँ, भक्तपुर र ललितपुर वाहेकका जिल्लामा चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म प्राकृतिक र गैर प्राकृतिक विपद्मा परेर एकचालिस जनाको मृत्यु भएको छ भने ३८ परिवार प्रभावित भएका छन । तीन महिनाको अवधिमा भएको ७१ विपद्जन्य घटनामा परेर १०६ जना घाइते र १२ जना बेपत्ता भएका छन् ।

ADVERTISEMENT

आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार साउनमा ३९ विपद्जन्य घटनामा १७ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका थिए । प्राकृतिक विपद्मा परेर ६ जना र गैर प्राकृतिक विपद्मा परेर ११ जनाको मृत्यु भएको छ । जसमध्ये पहिरोमा ५ जना र भु–स्खलनमा एक जना परेका थिए । साउनमा गैर प्राकृतिक विपद्मा ११ जनाको मृत्यु भएको थियो । जनावर आतंक २ जना, सर्पदंश एक जना र जल दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने ११ जना बेपत्ता भएकोे तथ्याङ्क छ ।

त्यस्तै भदौमा २२ विपद्जन्य घटनामा १९ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन । प्राकृतिक विपद्मा परेर ४ जना र गैर प्राकृतिक विपद्मा १५ जनाको मृत्यु भएको हो । जसमध्ये पहिरोमा ३ जना, भुस्खलनमा १ जना, आगलागीमा २ जना, सडक दुर्घटनामा १० जना र जल दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।

ADVERTISEMENT

त्यस्तै असोजमा १० विपद्जन्य घटनामा ५ जनाको मृत्यु भएको। छ भने ७ जना घाइते भएका थिए । दश घटना मध्य पहिरोमा परि २ जना, आगलागीमा एक जना र जल दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

बागमती प्रदेश सरकारले प्राकृतिक विपद्मा बाढी, पहिरो, डुबान, चट्याङ्ग, हिम पहिरो, हुरी बतास, भुकम्प, भु–स्खलन, हिमपात, खडेरी, आँधी, असिना, शित लहर, अतिवृष्टि, हिमपात बिस्फोट, ज्वालामुखी र डढेलो र गैर प्राकृतिक विपद्मा आगलागी, जनावर आतङ्क, सर्पदंश, सडक दुर्घटना, जल दुर्घटना, हवाई दुर्घटना, ग्याँस विष्फोटन, विषाक्त खाध्य सेवन, औद्योगिक दुर्घटना, महामारी, अनिकाल, किट, शुक्ष्म जिवाणु आतङ्क, बिषाक्त ग्याँस, रसायन वा विकिरण चुहावट, व्याण्डामिक फ्लू, खानी दुर्घटना र वातावरणीय प्रदुषणलाई समावेश गरेको छ ।


प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक १७, ११ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट