Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मिनीट्रक दुर्घटनामा घाइते भएका बकैयाका लामाको मृत्यु


धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ तिनतलेमा भएको मिनीट्रक दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको मृत्यु भएको छ । मृत्यु हुने बकैया गाउँपालिका वडा नं.६ गबरस्थान बस्ने २८ बर्षीय दिनेश लामा रहेका छन् ।

ADVERTISEMENT

हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । उपचारकै क्रममा बिहीबार साँझ ७ बजे ५६ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

ADVERTISEMENT

हेटौंडा बजार तर्फबाट फापरबारी तर्फ जाँदै गरेको बा.प्र.०३–००१क ०७९२ नम्बरको मिनीट्रक आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा लामा र चालक बकैया गाउँपालिका वडा नं.७ हर्दा बस्ने २६ बर्षीय युबराज सापकोटा घाइते भएका थिए ।

सापकोटाको टाउँकोमा मध्यम र लामा टाउँकोसंगै अनुहारमा गम्भीर चोट लागेको थियो । घाइते सापकोटाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक १७, ११ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट