Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाबाट प्रदेश राजधानी सार्ने विषयमा एमालेले भन्यो : मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले आपत्ति जनाएको छ ।

ADVERTISEMENT

एमाले संसदीय दलको बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।

ADVERTISEMENT

एमालेले मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु हुन लागेको भन्दै जनतालाई सचेत हुन अनुरोध गरेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले केही साता अघि एक कार्यक्रममा बागमती प्रदेशको नाम परिवर्तन गरेर नेवा–ताम्सालिङ राख्नुपर्ने र प्रदेशको राजधानी हेटौंडाबाट सार्नुपर्ने अभिव्यक्ति थिए ।

ADVERTISEMENT

दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामाकरण लगायतका ऐतिहासिक विषयहरुमा टुंगो लगाइसकेकोमा त्यसका विरुद्ध मुख्यमन्त्री जम्कट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको हो ।

विसं २०७६ पुस २७ गते बसेको प्रदेश सभा बैठकले तत्कालिन प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास गरेको थियो ।


प्रकाशित मिति : बिहिबार, २०८० कार्तिक १६, १२ :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट