Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश


पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

ADVERTISEMENT

भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

ADVERTISEMENT

इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई १२ असारमा बोलाएको छ । काठमामडौं महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा गत सोमबारदेखि काठमाडौं महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० असार ७, १४ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट