Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

हेटौंडाको भैरवडाडा जङ्गलमा झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला


हेटौंडा उपमहानगरपालिका १ मा पर्ने भैरवडाडाको जङ्गलमा झुण्डिएको अवस्थामा एकजना मृत फेला परेका छन् ।

ADVERTISEMENT

शुक्रबार दिउँसो एकतारे सामुदायिक वनको एक रुखमा कपडाको डोरीले पासो लगाई एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनि झुन्डिएको स्थान नजिक ना.३९ प. ९२२६ नम्बरको स्कुटर पनि फेला परेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

उनि त्यही स्कुटरमा आएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार मृतक हेटौडा ११ थानाभर्याङ बस्ने बसन्त बहादुर कार्की हुन् ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०७९ माघ ७, १० :२० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट