Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

बागमती प्रदेश सभाको उपसभामुखमा एमालेकी अप्सरा चापागाईं


बागमती प्रदेश सभामा आज उपसभामुख पदका लागि भएको निर्वाचनमा एमालेकी अप्सरा चापागाईं चयन भएकी छिन् ।

ADVERTISEMENT

आज भएको मतदानमा ६१ मत प्राप्त गरेकी ललितपुरकी चापागाई उपसभामुख भएकी हुन् । प्रदेश सभाका १०८ उपस्थित सदस्य मध्ये ३९ मत विपक्षमा, ७ मत तटस्थ रहेको थियो ।

ADVERTISEMENT

उपसभामुख पदका लागि १ नम्बरमा उम्मेदवार दर्ता गराएको नेककिपाकी गीता काफ्लेले ३ मत प्राप्त गरेकी थिईन् । दोश्रो नम्बरमा उम्मेदवार दर्ता गराएकी अप्सरा चापागाई उपसभामुखमा निर्वाचित भएपछि ३ नम्बरमा उपसभामुख पदमा उम्मेदवारी दर्ता भएको उम्मेदवारको निर्वाचन भएन ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार तेश्रो नम्बरमा सुना परियारले उम्मेदवारी दिएकी थिईन् ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ माघ २, १९ :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट