Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौडामा ‘सोनाम ल्होछार सांस्कृतिक महोत्सव’ हुने


तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ तावार ल्हो (बिरालो वर्ष) सोनाम ल्होछारको अवसरमा हेटौडामा ‘सोनाम ल्होछार सांस्कृतिक महोत्सव’ हुने भएको छ ।

ADVERTISEMENT

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार सङ्घको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा ‘सोनाम ल्होछार सांस्कृतिक महोत्सव’ हुने भएको हो ।

ADVERTISEMENT

कलाकार सङ्घले ल्होछार सांस्कृतिक कार्यक्रमको मिति तय गरिसकेको थियो, कार्यक्रमलाई अझ बृहत् बनाउन जिल्लाको तामाङ घेदुङको टिम सहित विभिन्न जातीय सङ्घसंस्थासँग मिलेर महोत्सबको रूपमा संयुक्त गर्ने अघि सारेको कलाकार सङ्घका महासचिव रवीन्द्र थिङले बताए ।

अब हामी बृहत् रूपमा गएका छौ, तामाङ गीतसङ्गीतमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको प्रस्तुति रहने उनले जानकारी दिए ।

ADVERTISEMENT

महोत्सव सफल बनाउन विभिन्न ९ उपसमितिहरू गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा सुरेश लामा, प्रचारप्रसार उपसमितिमा आत्माराम मोक्तान, मञ्च व्यवस्थापनमा सानु लामा दोङ, अतिथि सत्कारमा माया घलान, कलाकार व्यवस्थापन उपसमितिमा विक्रम लुङ्गबा, स्वयं सेवक संयोजकमा सबिन मोक्तान, मायाको चिनो व्यवस्थापनमा रवीन्द्र थिङ, झाँकी व्यवस्थापनमा पाल्साङ लामा, र स्टल व्यवस्थापनमा सुभाष लामा रहेको छ ।

दुई दिनसम्म चल्ने महोत्सवमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो (झाँक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, भेषभूषा र मौलिक खानाका स्टलहरू रहने आयोजकले जनाएको छ । तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्दै तामाङ घेदुङ सङ्घीय समितिको (ग्रेन दिम) भवन खरिद सहयोगार्थ महोत्सवको तयारी गरिएको घेदुङ मकवानपुरको जिल्ला कार्यवाहक अध्यक्ष कालु घलानले बताए ।

त्यस्तै, कलाकार सङ्घबाट भाग्यशाली उपहार कार्यक्रम राखेको छ । उपहार कार्यक्रम मार्फत उठेको रकम सङ्घको भवन निर्माणमा सुरुवात गर्न खर्च गरिने अध्यक्ष धिरेन लामाले बताए ।


प्रकाशित मिति : बिहिबार, २०७९ पुस २१, १४ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट