Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

नेपाल ओमनसँग पाँच रनले पराजित


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४० रनमै समेटिएको हो। नेपालका लागि विवेक यादवले ३९, कुशल भुर्तेलले २६, सोमपाल कामी, करण केसीले १५, रोहित पौडेल र सुन्दीप जोराले १२-१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

ADVERTISEMENT

दुई असोसिएट राष्ट्रबीचको ‘हेभिवेट भिडन्त’ मा नेपाललाई पराजित गर्दै ओमान टी-२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को विजेता बनेको छ भने नेपाल उपविजेतामै सीमित भएको छ।

ADVERTISEMENT

अब नेपालले शुक्रवार यूएईसँग सेमिफाइनल खेल्नेछ र जितेमा फाइनल पुग्नेछ।

कीर्तिपुर क्रिकेट मैदानमा बिहान सुरु भएको खेलमा थुप्रै नाटकीय मोडहरू देखिए। दुबै टोलीका खेलाडीहरुले गरेका ‘मिस फिल्ड’ हरू, ‘ड्रप क्याच’ र केही उत्कृष्ट ब्याटिङ तथा बलिङ नमुनाले खेलको रोमाञ्च थपिएको थियो।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० कार्तिक १६, १२ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट