Techie IT
  • ६ चैत्र २०८२, शुक्रबार
Hetauda Khabar
  • ६ चैत्र २०८२, शुक्रबार

हेटौंडाको महोत्सवमा अबैध असुली धन्दा- तत्काल कारबाही गर्न र अवधि घटाउन निर्देशन


हेटौडामा जारी कृषि व्यापार तथा पर्यटन महोत्सवमा गैरकानुनी ढंगले रकम असुली भइरहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले तत्काल अनुगमन गरी कारबाही गर्न हेटौडा उपमहानगरपालिकालाई निर्देशन दिएको छ ।

ADVERTISEMENT

हेटौडामा जारी महोत्सवमा पार्किङ शुल्क तोकिएको भन्दा बढी लिएको, प्रवेश शुल्क मनलाग्दी ढंगले उठाएको, अन्य शुल्कहरुमा समेत शुल्क निर्धारण नै नगरी रकम उठाएको, अखाद्य वस्तु बिक्री वितरण गरेको लगायतका कुराहरू अनुगमनका क्रममा भेटिएका थिए।

ADVERTISEMENT

महोत्सव सञ्चालन गर्न अनुमति दिने निकाय हेटौडा उपमहानगरपालिकाले आफूले बनाएको कार्यविधि विपरीतका कार्यहरू महोत्सवमा भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक पत्र पठाउँदै हेटौडा उपमहानगरपालिकालाई तत्काल अनुगमन गरी कारबाही गर्न भनेको हो।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले मौसमजन्य परिस्थितिलाई ध्यानमा राखी महोत्सवको समयावधि घटाउन समेत निर्देशन दिएको छ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालयले बोधार्थको रुपमा आन्तरिक राजस्व कार्यालय हेटौंडालाई आवश्यक राजस्व अनुगमन गर्नका निमित्त समेत आग्रह गरेको छ।


प्रकाशित मिति : शुक्रबार, २०८२ चैत्र ६, १५ :४७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट