विदेश पठाउने भन्दै ६८ लाख ठगेको आरोपमा ‘ह्याप्पी’ कन्सल्टेन्सीका सञ्चालक पक्राउ
विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरमा रहेको ह्याप्पी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् ।
सिलवालले अध्ययन भिसामा विदेश पठाउँछु भनेर ६८ लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले ‘पोर्चुगल पठाउने प्रक्रिया गर्दैछु’ भनेर २१ लाख ७० हजार रकम जम्मा गर्न लगाएर कन्सल्टेन्सी बन्द गरेर हिँडेको आरोप छ ।
उनै सिलवालले आफ्नो परिचय बदलेर केदार प्रसाद सिलवाल भन्दै अन्य व्यक्तिलाई पनि ठगी गरेको पाइएको छ ।
काठमाडौं नयाँ बानेश्वर र चितवनको नारायणगढमा रहेको ह्याप्पी एजुकेशनल कन्सल्टेन्सीले विद्यार्थीलाई प्रलोभनमा परी मोटो रकम असुल्ने गरेको गुनासो विद्यार्थीहरुले गर्दै आइरहेका थिए ।
प्रकाशित मिति : सोमवार, २०८२ माघ २६, १७ :४३ बजे


















प्रतिक्रिया