सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घट्यो
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ।
सोमबार प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि २ लाख ३९ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यसैगरी चाँदी हिजो प्रतितोला ३ हजार १५५ रुपैयाँमा किनबेच भएकोमा आज ३ हजार ९० रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति : मङ्लबार, २०८२ मंसिर २, ११ :२५ बजे


















प्रतिक्रिया