मकवानपुर प्रहरीले रातोमाटेबाट समात्यो ३४ लाख बराबरको कपडा र पटका

मकवानपुर प्रहरीले चौतिस लाख बराबरको भन्सार छलि गरी ल्याईएका कपडाहरु र प्रतिबन्धित पटकाजन्य पदार्थहरु नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहान ४ बजे हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे स्थित चार्जिङ स्टेशन अगाडी पुर्व पश्चिम सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको मदेश प्रदेश ०३-००१च ९०२३ नं. को योद्धा गाडीमा शंका लागेपछि गाडी रोकेर चालक जिल्ला रौतहट ९ बस्ने २० वर्षीय प्रदिप कुमार चौधरी र सोही गाडीमा सवार भई आएका ३१ वर्षीय बिजय साहसहित गाडीमा खानतलासी गर्दा उक्त गाडीको पछाडी ढाला भित्र भन्सार छलि गरी लुकाई छिपाई ल्याईएका अन्दाजी १४ लाख बराबरका ( साडी,कुर्था,टप्स) कपडा र २० लाख बराबर मुल्यको प्रतिबन्धित पटकाजन्य झिरझिरे लगायतको पदार्थहरु फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त सामानहरु बरामद गरी चालक चौधरी र गाडीमा सवार साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया