Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर १ अपडेट- डिनाको अग्रता कायमै


प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर–१ म सत्ता गठबन्धनतर्फकी उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन् ।

ADVERTISEMENT

डिनाले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई २ हजार ४४७ मतान्तर बनाएकी छिन् ।

ADVERTISEMENT

डिनाले अग्रता बनाउँदा थापा उनलाई पछ्याइरहेका छन् । उनी मतान्तर कम गर्न कसरतमा रहेका छन् ।

कुल ४४ हजार ८३२ मत गणना गर्दा डिनाले १५ हजार ६६३ मत पाएकी छिन् भने एमालेका थापाले १३ हजार २१६ मत पाएका छन् ।

ADVERTISEMENT

उता राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले १० हजार ५५२ मतका साथ एमालेका थापालाई पछ्याइरहेका छन् । सो क्षेत्रमा कुल ९१ हजार ४८६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।


प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, १५ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट