Techie IT
Hetauda Khabar

हेटौंडामा ब्ल्याकमेल गरी एक महिलामाथि सामुहिक बलात्कार


हेटौंडामा ब्ल्याकमेल गरी एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न १ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्काका एक आरोपी फरार रहेका छन् । हेटौंडा उपमहानगरपालिका १० बस्ने  ३१  वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा हेटौंडा-१० कर्रा बस्ने ३१ वर्षीय विजय लामा पाख्रिन पक्राउ परेका छन् । अर्का आरोपित हेटौंडा ९ लामसुरे बस्ने ३० वर्षीय आकाश ठकुरी भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुमाथि बलात्कारसँगै ठगी, ब्ल्याकमेल र आपराधिक लाभमा संलग्न भएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलासँग पटकपटक गरी लिएको रकम फिर्ता माग्दा अश्लिल भिडियो देखाउने र ब्लाकमेलिङ गरेको जाहेरी दर्तामा संलग्न अधिवक्ताको भनाई छ । 

पीडितलाई घटना बाहिर ल्याए ज्यान खतरामा पर्ने धम्की दिँदै पटक पटक बलात्कार परेको जाहेरीमा उल्लेख गरिएको छ । आरोपी पाख्रिनलाई प्रहरीले हेटौंडाको सन्चो अस्पतालको आइसियुमा राखेपछि प्रहरीले घटना कमजोर बनाउन आरोपीलाई छुट दिइरहेको पीडित परिवारको आरोप रहेको छ । 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट