Techie IT
  • २१ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २१ फागुन २०८२, बिहीबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
प्रतिनिधिसभा निर्वाचन २०८२
00:00:00
निर्वाचन क्षेत्र १ (खसेको मत: ९५,३१०)
लोड हुँदै...
निर्वाचन क्षेत्र २ (खसेको मत: ९१,२४१)
लोड हुँदै...
ब्रेकिङ:
🔴 निर्वाचन २०८२ अपडेट: मकवानपुरमा कुल ५९% मतदान सम्पन्न, जम्मा १ लाख ८६ हजार ५५१ मत खस्यो • 🟢 क्षेत्र नं. १ मा ९५,३१० मत (पुरुष: ४७,६७०, महिला: ४७,६३६, तेस्रो लिङ्गी: ४) खसेको तथ्याङ्क • 🟢 क्षेत्र नं. २ मा ९१,२४१ मत (पुरुष: ४८,९६४, महिला: ४२,२७६, तेस्रो लिङ्गी: १) मतदान • 🟢 मतगणना जारी छ, ताजा परिणामको लागि हेटौंडाखबर हेर्दै रहनुहोला •
🔑 Admin

हेटौंडामा ब्ल्याकमेल गरी एक महिलामाथि सामुहिक बलात्कार


हेटौंडामा ब्ल्याकमेल गरी एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न १ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

अर्काका एक आरोपी फरार रहेका छन् । हेटौंडा उपमहानगरपालिका १० बस्ने  ३१  वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा हेटौंडा-१० कर्रा बस्ने ३१ वर्षीय विजय लामा पाख्रिन पक्राउ परेका छन् । अर्का आरोपित हेटौंडा ९ लामसुरे बस्ने ३० वर्षीय आकाश ठकुरी भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

उनीहरुमाथि बलात्कारसँगै ठगी, ब्ल्याकमेल र आपराधिक लाभमा संलग्न भएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलासँग पटकपटक गरी लिएको रकम फिर्ता माग्दा अश्लिल भिडियो देखाउने र ब्लाकमेलिङ गरेको जाहेरी दर्तामा संलग्न अधिवक्ताको भनाई छ । 

पीडितलाई घटना बाहिर ल्याए ज्यान खतरामा पर्ने धम्की दिँदै पटक पटक बलात्कार परेको जाहेरीमा उल्लेख गरिएको छ । आरोपी पाख्रिनलाई प्रहरीले हेटौंडाको सन्चो अस्पतालको आइसियुमा राखेपछि प्रहरीले घटना कमजोर बनाउन आरोपीलाई छुट दिइरहेको पीडित परिवारको आरोप रहेको छ । 

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८२ असार १२, ०० :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट