बागमतीको प्रदेश युवा परिषद, सहकारी वोर्ड, प्रदेश दुग्ध विकास वोर्ड खारेज
बागमती प्रदेशमा रहेका प्रदेश अन्तर्गतका वोर्डहरु खारेज हुने भएका छन् ।
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले प्रदेश युवा परिषद प्रदेश, प्रदेश खेलकुद परिषद, सहकारी वोर्ड, प्रदेश दुग्ध विकास वोर्डलगायत वोर्डहरु खारेज गरिने बताए ।
उनले प्रदेश युवा परिषद र प्रदेश खेलकुद परिषदलाई गाभी प्रदेश युवा तथा खेलकुद विकास वोर्ड बनाउने बताए ।
प्रकाशित मिति : आइतवार, २०८२ असार १, २२ :२२ बजे


















प्रतिक्रिया