Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

दुर्गा प्रसाईंलाई अदालत लगियो, म्याद थप हुँदै


गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य नाइके विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौा जिल्ला अदालतमा लगिएको छ ।

ADVERTISEMENT

भारतमा लुकेर बसेका उनलाई भारतीय प्रहरीको सहयोगमा काठमाडौँ ल्याइएको हो । उनलाई शुक्रबार मध्याह्न बुद्ध एयरको विमानमार्फत झापाको भद्रपुरबाट काठमाडौँ ल्याइएको थियो ।

ADVERTISEMENT

सो लगत्तै उनलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएकामा त्यहाँबाट सरकारी वकिल कार्यालयमा लगिएको थियो । त्यसलगत्तै उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा लगिएको छ ।

प्रहरीले प्रसाईँलाई उनका अङ्गरक्षक दीपक खड्कासहित नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नेपाल प्रहरीले नेपालको पूर्वी सीमावर्ती क्षेत्र काँकडभिट्टा नाकाबाट पक्राउ गरेको थियो ।

ADVERTISEMENT

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा हिंसा भड्काएपछि प्रसाईँ एकाएक फरार थिए । गाडीमा निषेधित क्षेत्र तोडेर फरार भएका उनी ललितपुरको कुनै ठाउँमा लुकेको शंकामा प्रहरीले नौ ओटासम्म समूह बनाएर खोजेको थियो ।

तर उनी शुरुआतमै भागेर भारत पुगेर लुकेका थिए ।

अहिले पनि लुकेकै अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई सुम्पेको थियो ।

यद्यपि जनतालाई गुमराहमा पार्न माहिर प्रसाईंले आफूले स्वेच्छाले गिरफ्तारी दिएको भन्दै मूर्ख बनाउन खोजिरहेका छन् ।

प्रहरीले प्रसाईँ र खड्कालाई पक्राउ गरी उक्त चैत १५ को हिंसात्मक घटना र त्यसमा उनीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने जनाएको छ।

प्रारम्भिक चरणमा उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भएको बुझिएको छ ।


प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र २९, १५ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट