Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगेको आरोपमा ताप्लेजुङका दुई जना काठमाडौंमा पक्राउ


वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

ADVERTISEMENT

पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का ४० वर्षीय ललितबहादुर इवारम र सोही ठाउँका ३३ वर्षीय दिपेश सुब्बा लिम्बू रहेका छन्।

ADVERTISEMENT

काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ मा बस्दै आएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई बसेकै स्थानबाट प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

ADVERTISEMENT

उनका अनुसार उनीहरूले दुई जनालाई अमेरिका लैजाने आश्वासन दिएर ५३ लाख रुपैयाँ लिएका थिए।

तर, लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा गएका थिए। पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

यस्तै, प्रहरीले विभिन्न देश लैजाने बहानामा पीडितबाट रकम ठगी गरेको आरोपमा अन्य चार जनालाई पक्राउ गरेको छ।

गोरखा आरूघाट गाउँपालिका-४ की २४ वर्षीया सरु परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३ का ३२ वर्षीय जेम्स राना, कीर्तिपुर नगरपालिका-६ काठमाडौंकी ३४ वर्षीया रेखा तुलाधर र धादिङ निलकण्ठ नगरपालिका-९ का २७ वर्षीय रवि खनाललाई पक्राउ गरिएको कार्यालयले जनाएको छ।

परियारले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख ५० हजार, क्रोएसिया पठाइदिने बहानामा रानाले एक जनाबाट तीन लाख, जापान पठाइदिने भनी तुलाधरले चार जनाबाट १३ लाख दुई हजार र खनालले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट १४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

 


प्रकाशित मिति : सोमवार, २०८१ फाल्गुन २६, २० :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट