Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

हेटौंडा उपमहानगरपालिकाले फोहोर संकलन गर्न रोक्यो, खोजिदैन बिकल्प


अदालतले राप्ती खोला किनारको डम्पिङ साइटमा फोहोर नाफाल्नु भनेपछी हेटौंडा उपमहानगरपालिकाले फोहोर संकलन कार्य रोकेको छ ।

ADVERTISEMENT

उच्च अदालत पाटन-हेटौंडाले हेटौंडा उपमहानगरपालिका-१० स्थित राप्ती खोला किनारको डम्पिङ साइटमा ‘फोहोर नाफाल्नु’ भनि गत २२ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाको कार्यालयलाई विपक्षी बनाई निवेदक योगेन्द्र प्रसाद उपाध्यायले दिनु भएको रिट निवेदन उपर मंगलबार न्यायधिस डा. निर्मला पौडेल भट्टराइको एकल इजलाशले हेटौंडा उपमहानगरपालिकाको नाममा हाल डम्पिङ साइट बनाइएको स्थानमा फोहोर नफाल्न आदेश गरेपछी आज बिहान उपमहानगरपालिकाले एक सूचना जारी गर्दै फोहोर संकलन कार्य रोकिएको जनाएको छ ।

सूचनामा भनिएको छ,’ उच्च मदालत पाटन, हेटौँडा इजलासको मिति २०८१/१०/२२ मा जारी अल्पकालीन अन्तरिम आदेश अनुसार अर्को आदेश सा व्यवस्था नभए सम्मको लागि यस उपमहानगरपालिकाले फोहरको सङ्कलन र व्यवस्थापत गर्दै आएको नियमित सङ्कलनको कार्य स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। यसबाट पर्न जाने असुविधा प्रति उपमहानगरपालिका संवेदनशील छ। असहज परिस्थितिमा विगतमा जस्तै नगरवासीहरुकोसकारात्मक सहयोग रहने अपेक्षा यस उपमहानगरपालिकाले गरेको छ,’।

ADVERTISEMENT

आदेश संगै अदालतले यही माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले गोरक्षश्वर मन्दिरको दक्षिणतर्फ राप्ती खोला किनारमा अव्यवस्थित तरिकाले फोहोर फाल्ने गरेको छ । फोहोरको थुप्रो बढेपछी फोहोर उठाउने ठेक्का पाएको ठेकेदारले नै प्लास्टिक जन्य फोहोरमै आगो लगाइदिने र उपमहानगरपालिका आफैले पुर्ने गरेको छ ।

फोहर व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीले नै फोहरको थुप्रोमा पटकपटक आगो लगाउने गरेको स्थानीयको आरोप छ । डम्पिङ साईटमा लागेको आगोबाट निस्केको विषाक्त धुँवाले वातावरण नै प्रदुषित बनाएको छ । जथाभावी फालिएको प्लास्टिक जन्य फोहरको थुप्रोमै आगोलागी हुँदा धुँवाको मुस्लोले उपमहानगरपालिका–१, १०, ११ र १२ का केही बस्ती प्रभावित हुने गरेका छन् ।

अदालतको आदेश पछी अर्को व्यवस्था नै नगरी उपमहानगरले फोहोर संकलन कार्य नै रोकेको छ । यसोहुँदा देश कै सफा शहरले परिचित हेटौंडा उपमहानगरपालिकाको फोहोर नउठ्ने भएको हो ।

उपमहानगरपालिकाले फोहोर विसर्जनको दिर्घकालिन विकल्प नखोज्दा हेटौंडा नगर प्रदुषित बन्न थालेको छ ।

अहिलेको डम्पिङ साईट नजिक धार्मिक तथा पर्यटकीय स्थल कुष्माण्ड सरोवर पनि छ । राप्ती किनारमा अनाधिकृत फोहर विसर्जन गरेका कारण खोलामा रहेका माछा मरिरहेका छन् भने, पानी प्रदुषित हुँदा पशुचौपाया समेत रोगले थालिने गर्छन् ।

डम्पिङ साईटसँगै कृषि वन विश्वविद्यालय पनि छ । विश्व विद्यालय हाताभित्र सयौंको संख्यानमा मृग चित्तल छन् । हेटौंडाको फोहर व्यवस्थापन गरिदै आएको डम्पिङ साइट भरिँदो छ । हाल  संकलन गर्दै आएको फोहर दिनहुँ एस्काभेटर लगाएर पुर्ने काम मात्रै भएको छ, विकल्प खोजिएको छैन ।

२०७१ सालमा देशको सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत भएको हेटौँडा अहिले फोहर व्यवस्थापन निकै जटिल बन्दा प्रदेशको राजधानीकै साख गिर्दै गएको छ ।


प्रकाशित मिति : बिहिबार, २०८१ माघ २४, ११ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट