Techie IT
  • २७ माघ २०८२, मंगलबार
Hetauda Khabar
  • २७ माघ २०८२, मंगलबार

चौघडा अस्पताल संचालकको अर्को गैरकानुनी धन्दा, फार्मेसी भित्रै मनपरी विरामी चेकजाँच

विरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड, सम्बन्धित सबै निकाय मौन


हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा हस्पिटल प्रालीका सञ्चालकले गैरकानुनी रूपमा फार्मेसी सञ्चालन गर्दै आइरहेको पाइएको छ।

ADVERTISEMENT

अवैध रुपमा सञ्चालित चौघडा हस्पिटलका सञ्चालक राजु गुरुङले चौघडामा लिसन फार्मेसी सञ्चालन गरिरहेका छन्। तर उक्त फार्मेसीमा अस्पतालले जसरी बेड राखेर बिरामीको उपचार गराइरहेको पाइएको छ। औषधि मात्र बेच्ने फार्मेसीमा बिरामीको चेक जाँच भइरहेको छ।

ADVERTISEMENT

बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै गैरकानुनी रुपमा लिसन फार्मेसीमा बिरामीको उपचार हुने गरेको पाइएको हो। लिसन फार्मेसी राजु गुरुङले सञ्चालन गर्दै आइरहेका छन् भने चौघडा हस्पिटल उनको श्रीमतीको नाममा दर्ता रहेको छ।

हेटौडा उपमहानगरपालिकाका कर्मचारी सँगको मिलेमतोमा गुरुङ दम्पतिले अवैध रूपमा अस्पताल र फार्मेसी सञ्चालन गर्दै आइरहेका छन्। फार्मेसीमा बिरामी जाँच्नका लागि हेटौडा अस्पतालका चिकित्सक समेत पुग्ने गरेको पाइएको छ। कानुनत फार्मेसीमा बिरामीको उपचार गर्न पाइँदैन। तर उक्त फार्मेसीमा सञ्चालक आफैले बिरामी जाँचिरहेका छन् भने मनलाग्दी औषधि सिफारिस गरिरहेका छन् ।

ADVERTISEMENT

बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहँदा समेत सम्बन्धित निकाय भने बेखबर छ। फार्मेसीले आकस्मिक तथा ओपिडी टिकट नै काटेर बिरामीको चेकजाँच गरिरहेको छ। जुन कानुनविपरीत हो।

औषधि बेच्ने मात्र अनुमति लिई सञ्चालित फार्मेसीमा बिना विशेषज्ञ चिकित्सकद्वारा उपचार गर्ने गराउने गरेको पाइएको हो। अवैध रूपमा फार्मेसी भित्रै अस्पताल सञ्चालन गर्ने लिसन फार्मेसीलाई सम्बन्धित कुनै पनि सरकारी निकायले अनुगमन गरेको छैन।

कुनै पनि स्वास्थ्य संस्था दर्ता क्लिनिक पोलिक्लिनिक दर्ता गरेपछि सम्बन्धित निकायबाट सैयासहितको सञ्चालन अनुमति प्राप्त गरेपछि मात्र बिरामीको चेकजाँच गर्न पाइन्छ। तर लिसन फार्मेसीमा भने बिरामीको स्वास्थ्यमाथि नै गम्भीर खेलवाड गर्दै उपचार गर्ने गराउने गरिएको छ भने, गैर चिकित्सकद्वारा औषधि सिफारिस गर्ने गरिएको पाइएको छ।

सञ्चालक राजु गुरुङकी श्रीमती सोनु गुरुङको नाममा दर्ता रहेको चौघडा हस्पिटल समेत गैरकानुनी रुपमा सञ्चालित छ। हेटौडा उपमहानगरपालिकाका कर्मचारीद्वारा नै हाल विदेशमा रहेका चिकित्सकको प्रमाणपत्र बेचेर सञ्चालन अनुमति लिएको समाचार हेटौंडा खबरले प्रकाशन गरेको छ ।

उक्त अस्पताललाई हेटौडा उपमहानगरपालिकाले गत साउन १५ गते १० सैयाँको सञ्चालन स्वीकृति दिएको थियो। तर देखावटी अनुगमन गर्दै अस्पताललाई उपमहानगरपालिकाका कर्मचारीहरूकै मिलेमतोमा फर्जी कागजात पेश गरेर सञ्चालन अनुमति दिइएको भेटिएको छ।

यो पनि पढ्नुहोस ।

चौघडा अस्पताललाई संचालन अनुमति दिँदा डाक्टरको प्रमाणपत्र हेटौंडा उपमहानगरपालिकाबाटै बिक्री !

चौघडा हस्पिटलको गैरकानुनी धन्दा, अनुमति लिन फर्जी कागज पेश !

हेटौंडाको चौघडामा रहेको ‘चौघडा हस्पिटल’ मापदण्ड विपरित संचालन, विरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड


प्रकाशित मिति : शुक्रबार, २०८१ माघ ४, १८ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट