Techie IT
Hetauda Khabar

मकवानपुरमा खस्यो ५९ प्रतिशत मत, केही मतपेटिका बारा र चितवन हुँदै आउने, गणना भोलि


आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । आइतबार विहान ७ बजेबाट सुरु भएको मतदान कार्य साँझ ५ बजे सम्म भएको थियो । जिल्लाको दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेका छन् ।

जसमा पुरुष ९२ हजार ८७७, महिला ८५ हजार ४ सय जना र अन्य ५ जना गरी एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए । यो कुल मतदाता संख्याको ५९ प्रतिशत मत हो ।

मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधि सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् ।

जिल्लाको दुवै क्षेत्रको मतगणना भने सोमबार विहान १० बजेबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिएका छन् । मतपेटिका आउन राती अबेरसम्म लाग्ने भएकाले सोमबार सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने उनले बताए ।

मकवानपुरका ७ वटा मतदान केन्द्रबाट मतपेटीका छिमेकी जिल्ला हुँदै ढ्वानी गर्नुपर्ने निर्वाचन कार्यालयले जनाएको छ । बकैया गाउँपालिकाको २ वटा केन्द्रबाट रौतहट र बारा जिल्ला हुँदै र राक्सिराङ गाउँपालिकाको ५ वटा केन्द्रको मतपेटिका चितवनको भण्डारा हुँदै ढुवानी गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत निरौलाले जनाएका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट